मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस 
२०७६ बैशाख ८ आइतबार १८:३१:००
Read Time : > 1 मिनेट
अर्थ

शेयर बजारमा उछाल : एकै दिन ३२ अंक बढ्यो नेप्से, कारोबार एक अर्ब भन्दा माथि

Read Time : > 1 मिनेट
रासस 
२०७६ बैशाख ८ आइतबार १८:३१:००

शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आइतबार करिब ३२ अंक बढेको छ ।

कारोबार मापक नेप्से परिसूचक ३१ दशमलव ८९ बिन्दुले बढेर एक हजार २६४ दशमलव २० बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोबार रकमसमेत एक अर्बमाथि पुगेको छ । 

स्टकका अनुसार कूल १ सय ७१ कम्पनीको ३३ लाख ७५ हजार १ सय ५३ कित्ता शेयर  एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७ सय ३२ रुपैयाँमा खरिद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई १५ खर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । कारोबार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् । 

बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् । 

स्टकका अनुसार कारोवारका आधारमा आइतबार वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको १४ करोड ९४ लाख ५१ हजार ६ सय ५४, एनआइसी एसिया बैंक चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक चार करोड ३१ लाख ३६ हजार ६ सय ६३, नेपाल इन्भेस्टमेन्ट बैंक चार करोड दुई लाख १२ हजार ८ सय ६१, सिभिल बैंक तीन करोड ९४ लाख ६२ हजार १२ रुपैयाँ बराबर कारोबार भई शीर्षस्थानमा छन् । 

स्टकका अनुसार स्ट्यन्डर्ड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए । 

यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।