Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०९:१८:००
Read Time : < 1 मिनेट
लोकसेवा

टिप्स : लोकसेवामा  कसरी लेख्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०९:१८:००

-निजामती सेवाका लागि लोकसेवाले लिने परीक्षा उत्तीर्ण गर्न सहज छैन । विद्यालय वा विश्वविद्यालयस्तरको मिहिनेतले लोकसेवाको परीक्षामा सफल हुन सकिँदैन । तसर्थ, लोकसेवाको परीक्षामा सहभागी हुँदा अध्ययनमा नयाँ शैली र उपाय अपनाउनु जरुरी हुन्छ । 

-विविध विधाबाट अनेकौँ प्रश्न सोधिने भएकाले अध्ययनको दायरालाई फराकिलो बनाउनुपर्छ । सोहीअनुसारका अध्ययन सामग्रीको जोहो गर्नु आवश्यक हुन्छ । 

-पढेका विषयमा निश्चिन्त हुनुपर्छ । खासगरी वस्तुगत प्रश्नहरूमा उस्तै–उस्तै लाग्ने उत्तरका धेरै विकल्प हुने भएकाले पढ्दा दोधार नहुने गरी निश्चित हुनुपर्छ। 

-उत्तर दिँदा सिर्जनात्मक र मौलिक विधि अपनाउनुपर्छ । धेरै लामो लेखेर समय खेर फाल्नेभन्दा प्रश्नले मागेअनुसारको छोटो उत्तर दिनुपर्छ । 

-अधिकांशको बानी पुस्तक मज्जाले घोक्ने हुन्छ । र, त्यही घोकेका आधारमा प्रश्नपत्रको हल गर्छन् । आफूले घोकेको प्रश्न परीक्षामा आए त ठिकै होला, तर अर्कै आयो भने प्रश्नै छाड्नुपर्ने हुन्छ । यसको समाधानका लागि घोक्नेभन्दा पनि विधि सिक्न जरुरी हुन्छ । यो भनेको माछा मार्नेभन्दा माछा मार्ने विधि सिकाएजस्तो ।