१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०८:४४:००
Read Time : < 1 मिनेट
साहित्य

कथासंग्रह सयौँ पुतली सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार ०८:४४:००

आख्यानकार उमा सुवेदीको कथासंग्रह ‘सयौँ पुतली’ शनिबार विमोचन भएको छ । माया ठकुरी, अविनाश श्रेष्ठ, युग पाठक र आन्विका गिरीले शिल्पी थिएटर, बत्तिसपुतलीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा आख्यानकार माया ठकुरीले विवाहअघिको यौनलगायत विषयमा कथाकारले निकै हिम्मत गरेर कथा लेखेको बताइन् । प्रायः कथा प्रकाशनअघि छलफल चलाउनुपर्ने खालका भएको उनको भनाइ थियो । 

कवि तथा लेखक अविनाश श्रेष्ठले उमाका कथा इतिवृत्तात्मक शैलीमा लेखिएको बताए । कथामा पात्रहरूलाई सम्पूर्ण रूपमा चित्रण गरिएको उनले बताए । लेखक युग पाठकले स–साना विषय टिपेर कथा लेखिएको बताए । आख्यानकार आन्विका गिरीले संग्रहभित्रका तीन–चारवटा कथा ‘मायाको शासन’ थिममा लेखिएको बताइन् ।

‘सयौँ पुतली’ उमाको पाँचौँ कृति हो । यसमा उनका १७ कथा समाविष्ट छन् । पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । १८२ पृष्ठको पुस्तकको मूल्य २९५ रुपैयाँ छ ।