मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ बैशाख ७ शनिबार १६:५८:००
Read Time : < 1 मिनेट
विश्व

जब मुसलमान कैदीको ढाडमा ॐ खोपियो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख ७ शनिबार १६:५८:००

अदालतमा सुनुवाइ चलिरहेको थियो । एकाएक विचाराधीन मुद्धाका कैदीले आफ्नो टिसर्ट खोले र न्यायाधीशलाई आफ्नो ढाड देखाए, जहाँ ॐ खोपिएको थियो । 

भारतको नयाँ दिल्लीको तिहाड जेलमा रहेका ती कैदी मुसलमान हुन् । उनले आफ्नो ढाडमा जेल निरिक्षकले जबरजस्ती ॐ खोपिदिएको आरोप लगाएका छन् । 

दिल्लीका महानगरीय न्यायाधीशका सामुन्ने आफ्नो ढाडमा खोपिएको चिह्न देखाउँदै उनले जबरजस्ती तातो फलामले आफूलाई डामिएको बताए । यसबाहेक निरीक्षकले उनलाई नवरात्रिमा खाना खान नदिएको र आफ्नो धर्म परिवर्तन गरिदिने धम्की दिएको उनले बयान दिएका छन् । 

नब्बीर नामका यी कैदी सन् २०१६ मा गिरफ्तार भएका थिए । यसपछि उनी तिहाड जेलमा छन् ।