१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७६ बैशाख ७ शनिबार ०८:०९:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी चुनावमा रुसी हस्तक्षेप : मुलर प्रतिवेदन सार्वजनिक

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख ७ शनिबार ०८:०९:००

अमेरिकी राष्ट्रपतीय चुनावमा भएको रुसी हस्तक्षेपबारे विशेष परामर्शदाता रोबर्ट मुलरले तयार गरेको प्रतिवेदन बिहीबार सार्वजनिक भएको छ । एफबिआईका पूर्वनिर्देशक मुलरले २२ महिना लामो छानबिनपछि प्रतिवेदन तयार गरेका हुन् ।

बहुप्रतीक्षित प्रतिवेदनका केही पानाहरू हटाएर सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्दै महान्यायाधिवक्ता विलियम बारले राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायमा अवरोध गरेको पुष्टि हुन नसकेको बताए । विपक्षी डेमोक्र्याट पार्टीले ट्रम्पको बचाउ गर्ने गरी प्रतिवेदनको अर्थ लगाइएको भन्दै बारको आलोचना गरेको छ । बारले प्रतिवेदनमा जथाभाबी छाँटकाँट गरेको विपक्षीहरूको आरोप छ । उनीहरूले हुबहु प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । यसअघि मुलरले तयार गरेको प्रतिवेदनलाई न्यायिक विभागले अध्ययन गरेको थियो । 

गेम ओभर  : ट्रम्प
प्रतिवेदन सार्वजनिक भएपछि ट्रम्पले ट्विटरमार्फत पोस्टर सार्वजनिक गरेका छन् । चर्चित फ्यान्टासी सिरिज ‘गेम अफ थ्रोन्स’ को स्टाइलमा सार्वजनिक पोस्टरको पृष्ठभूमिमा  कुहिरो देखिएको छ । आफ्नो ट्रेडमार्क कालो ओभरकोट लगाएका ट्रम्पको अनुहार स्पष्ट छैन । पोस्टरमा लेखिएको छ , ‘कोही मिलेको छैन । केही बाधा छैन । गेम ओभर ।’ 

के छ प्रतिवेदनमा ?
ट्रम्पले न्यायमा अवरोध गरेको निष्कर्ष मुलरले निकालेका छैनन् । तर, ट्रम्प दोषमुक्त पनि छैनन् । उनको चुनावी अभियानका  विवादित रहस्य प्रतिवेदनले बाहिर ल्याएको छ । मुलरले लेखेका छन्, ‘अनुसन्धानले रुसी सरकारसँग सम्पर्कमा रहेका धेरैको पहिचान गरेको छ, जो ट्रम्पको चुनावी अभियानसँग जोडिएका छन् । तर, यो रुससँगको ट्रम्पको साँठगाँठ र उनलाई अपराधी करार गर्न पर्याप्त छैन ।’