मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार २०:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेँ : विष्णु पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार २०:१३:००

सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व-पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'काठमाडौंमा जग्गा खरिद गर्दा म मन्त्री, सांसद तथा कुनै पनि सरकारी पदमा थिइन् ।'

पौडेलले छोरा नवीनको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०-०-१-१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०-७-२-३ (कुल आठ आना) जग्गाले जनमानसमा भ्रम सिर्जना गरी बास्तविकताभन्दा बाहिर भएर समाचार प्रसारित भएकोप्रति दुस्ख व्यक्त गरेका छन् । विज्ञप्तिमा पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने अभियानलाई सहयोग गर्ने उल्लेख गरिएको छ । 

पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न  गरेको निर्णयको स्वागत गरेको बताएका छन् ।