मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १९:०२:००
Read Time : < 1 मिनेट
खेलकुद

आर्मीका कप्तान श्रेष्ठ कारवाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ६ शुक्रबार १९:०२:००

त्रिभुवन आर्मी क्लबका भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले आठाैँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेल्न नपाउने भएका छन् । क्लबको स्वीकृति बिना खेल खेल्न जापान गएपछि आर्मीले उनलाई कारबाही स्वरूप आठौँ राष्ट्रिय खेलकूदमा सहभागी नगराउने भएको हो ।

आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी छनाैटमा श्रेष्ठको नाम राखिएकाे छैन । आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि उनी मुलुकबाहिर गएकाले टिममा समावेश नगरेकाे बताए । क्लबमा अनुमतिका लागि पत्र आएको भए पनि ठूलो प्रतियोगिताअघि श्रेष्ठलाई विभागले जापान जान अनुमति दिएको थिएन । राष्ट्रिय टोलीमा आबद्ध श्रेष्ठ पाँचौँ सिल्भर रनिङ कप भलिबल खेल्न गत सोमबार जापान गएका थिए ।