१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तीर्थ बस्नेत
२०७६ बैशाख ६ शुक्रबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालले खाडी, भारत र बंगलादेशमा पानी बेच्ने

Read Time : < 1 मिनेट
तीर्थ बस्नेत
२०७६ बैशाख ६ शुक्रबार १४:५६:००

नेपालको खानेपानी खाडी राष्ट्रसँगै भारत र बंगलादेशमा निर्यात गर्ने तयारी भएको छ । शुक्रबार खानेपानी मन्त्रालयले अन्तरक्रिया कार्यकम मार्फत पानी निर्यात गर्ने तयारी भइरहेको जनाएको हो ।

स्रोतको १५ प्रतिशत खानेपानी मात्रै नेपालमा आवश्यक पर्ने र बाँकी ८५ प्रतिशत पानी खेर गइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तेजराज भट्टका अनुसार पानी निर्यातका लागि १४ हिमस्रोत र १० नदीको पानी प्रशोधन गरेर बेच्न सकिनेछ ।

हिम नदीको पानी स्प्रिङ वाटरकोरूपमा खाडी देशमा बेच्न सकिने र नदीको पानी प्रशोधन गरेर तराईमा ७० प्रतिशत वितरण गर्ने र बाँकी प्रतिशत पानी पाइप मार्फत बेच्न सकिनेछ । पानीको उत्पादन तथा सार्वजनिक निजी साझेदारी अवधारणामा गर्न सकिने मन्त्रालयले जनाएको छ । पानी निर्यातले बढ्दो व्यापार घाटा कम गर्न सकिने भट्टले बताए । 

केही समय यता कतारले पानी आयातमा चासो देखाएपछि मन्त्रालयले पानी उत्पादन र निर्यातको सम्भावनाबारे अध्ययन थालेको हो ।