१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ बैशाख ६ शुक्रबार १४:३३:००
Read Time : < 1 मिनेट
विश्व

भारतका ती प्रधानमन्त्री जो भाडा तिर्न नसक्दा डेराबाट निकालिएका थिए

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख ६ शुक्रबार १४:३३:००

अघिल्लो लोकसभा चुनावमा अरविंद केजरीवाल नेतृत्वको आम आदमी पार्टीले सांसद र सत्ताधारीका विलासितापूर्ण जीवनशैलीविरुद्ध सादगीको मुद्दा उठाएको थियो । तर यसपटकको लोकसभा चुनावमा यसलाई सबैले नजरअन्दाज गरे ।

कुनै समय भारतमा सादगीपूर्ण जीवनयापन सांसद र सत्ताधारीबीच एउटा स्थापित परम्परा बनेको थियो । त्यस्तै एउटा नाम हो गुलजारीलाल नंदा, जसले संकटपूर्ण घडीमा केही समय प्रधानमन्त्रीका रुपमा भारतकाृ नेतृत्व गरेका थिए ।  समयमा भाडा तिर्न नसकेपछि जीवनभर भाडाको घरमा बसेका उनलाई एकपटक त घरबेटीले निकालिदिएका थिए । 

द वायरका अनुसार घरबेटीले उनको सामान नै बाहिर मिल्काइदिएका थिए । नन्दाले सन् १९६४ मे २७ देखि १९६४ जुन ९ सम्म १३ दिनका लागि प्रधानमन्त्रीका रुपमा भारतको नेतृत्व गरेका थिए ।