मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख ५ बिहीबार १९:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ बैशाख ५ बिहीबार १९:५८:००

सवारी दुर्घटनामा परेर बिहीबार झापामा एकजनाको ज्यान गएको छ । 

बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ६० प ६६६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि सवार पाँचथर आङसराङका २६ वर्षीय दिवेश आङदम्बेको ज्यान गएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका–२ का ३१ वर्षीय धनराज लिम्बू घाइते भएका छन् । टाउकोमा चोट लागेका लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।