मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख ५ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
प्रदेश

किमुबोट-तुपुबाङखोला खण्डमा कालोपत्रे सुरु  

Read Time : < 1 मिनेट
२०७६ बैशाख ५ बिहीबार १९:४१:००

मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको भूमे गाउँपालिका ३ किमुबोट देखि भूमे १ तुपुबाङखोला सम्मको १६ किलोमिटर सडकखण्डमा कालोपत्रे सुरु भएको छ । 

उक्त खण्डमा कालोपत्रेका लागि काम गरिरहेको चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सनले कालोपत्रे बिच्छ्याउन सुरु गरेको छ । जिल्लामा पहिलो पटक मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरु गरिएको हो । नालासहित सडकलाई फराकिलो बनाउने र मापदण्ड अनुसार ग्राबेल गर्ने काम सकिएपछि कालोपत्रे विच्छ्याउन सुरु गरिएको ठेकेदार कम्पनिले जनाएको छ । 

अहिले धमाधम कालोपत्रेको काम भइरहेको ठेकेदार कम्पनिका इञ्चार्ज बिष्णुबहादुर राउतले जानकारी दिए । उनका अनुसार वैशाख १ देखि पहिलो चरणको कालोपत्रे सुरु गरिएकोमा असार मसान्त भित्र कालोपत्रेको काम सकिने छ ।

सवारी आवत-जावतमा समस्या हुन नदिन एक साईट कालोपत्रे गर्दै अर्कोमा सवारी सञ्चालन गरिएको छ । उक्त खण्डको कालोपत्रेका लागि २८ करोडमा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले एक वर्षसम्म सर्भे गरेको थियो भने कालोपत्रेको लागि दुई वर्षमा वेस पूरा भएको थियो । भूमेको किमुबोटबाट सुरु भएको कालोपत्रे खाबाङ बगर, सैपातुङ, काँक्री हुदै लुकुम सम्म हुनेछ । 

कालोपत्रेको कामलाई असार मसान्तसम्म सक्ने गरी राति समेत काम भइरहेको छ । ‘सबै काम सकिएपनि हिमापत भएका कारण हिउँदमा काम गर्न सकिएन,’ उनले भने, ‘अब वबर्खामा पनि काम गर्न सकिँदैन्, जसका कारण बर्खा सुरु हुनु अगावै काम सक्ने गरी राति पनि काम गरिरहेका छौं ।’