१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस
२०७६ बैशाख ५ बिहीबार १९:१९:००
Read Time : < 1 मिनेट
विश्व

बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख ५ बिहीबार १९:१९:००

पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । 

टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन्र्नुर । 

उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मृत्यु भएकामध्ये १७ महिला र ११ पुरुष रहेका अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताएका छन् । 

त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गरेका छन् ।