१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार १८:५२:००
Read Time : < 1 मिनेट
अर्थ

लगानी सम्मेलनका समझदारी अघि बढाउन अनुगमन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार १८:५२:००

सरकारले हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन उच्चस्तरीय अनुगमन समिति बनाएको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल लगानी सम्मेलन २०१९’ मा भएका लगानी सम्बन्धि समझदारीलाई अघि बढाउन उच्च स्तरीय समिति बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सो लगानी सम्मेलन सफल भएको निष्कर्ष निकाल्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वको ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

बोर्ड बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता अनुकूल हुने गरी आवश्यक नीतिगत तथा कानुनी सुधारको काममा ढिलाई नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । गत १५-१६ चैत्रमा लगानी सम्मेलन आयोजना गरिएको थियो । सोही सम्मेलनमा आएका प्रतिवद्धतालाई छिटो कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

आगामी भदौ भित्र अन्तराष्ट्रिय सभा-सम्मेलन गर्न भवन निर्माण गर्ने निर्णय पनि गरिएको छ । त्यसैगरी बोर्डको ३८ करोड बजेट तथा कार्यक्रम पनि पारित गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।