१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार

सबै प्रदेशमा फोर जी सेवा विस्तार गर्दै टेलिकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार १७:११:००

नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिइएको जानकारी दिएकी हुन् । बिहीबार काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको बताइन् ।

नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत २० माघमा गरेको थियो । उनले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउन सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने समेत बताइन् ।

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो ।

प्रवक्ता बैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताइन् । नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोबाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको जनाएको छ ।