मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

स्मरणशक्ति बढाउन यसो गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ५ बिहीबार ०८:५३:००

-निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । 
-नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । 
-बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ ।
-बदाम, ओखर, हरियो सागपात, चकलेट र ग्रिन टी आदिजस्ता खानेकुराको नियमित सेवनले स्मरणशक्ति तेज हुन्छ । 
-दिमागी कसरत हुने खेल जस्तै– बाघचाल, चेस, लुडो र पजल्स आदि खेल्दा दिमागलाई तीक्ष्ण बनाउन मद्दत गर्छ ।
-दैनिक नयाँ कुराको खोजी गर्नुहोस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ । 
-सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने गरी भिजुअलाइज पनि गर्न सकिन्छ ।