१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रभात यादव
२०७६ बैशाख ४ बुधबार १९:४५:००
Read Time : > 4 मिनेट
१२औँ वार्षिकोत्सव विशेषांक

ग्याजेट्स रिभ्युमा एसियाली पहिचान

Read Time : > 4 मिनेट
प्रभात यादव
२०७६ बैशाख ४ बुधबार १९:४५:००

सूचना प्रविधिमा काम गर्दै आएका प्रभात यादवलाई फोब्र्स म्यागेजिनले दुई वर्षअघि सन् २०१७ मा एसियाका मिडिया, मार्केटिङ र एडभरटाइजिङमा उल्लेख्य प्रगति गरेका ३० वर्षमुनिका ३० युवाको सूचीमा राखेको थियो । ०५० मा जनकपुरमा जन्मिएका प्रभात यादवले विद्यालय र ए लेभल शिक्षा लिटिल एन्जल्सबाट पूरा गरेका हुन् । पछि उनले इस्लिङटन कलेजबाट बिबिए अध्ययन पूरा गरे । उनले बजारमा आएका ग्याजेट्सको रिभ्यु गरेर यु ट्युबमा अपलोड गर्दै आएका छन् । यादव नेपालमै बसी नयाँ सोच लिएर अघि बढ्न सकिन्छ भन्ने सबल उदाहरण हुन् । हाल उनी एक्सप्लोर ग्याजेट्सका सिइओ छन् । प्रभातले नयाँ पत्रिकासँग व्यक्त गरेको दृष्टिकोण, उनकै शब्दमा:

०१२ देखि यु ट्युबमा काम गर्न सुरु गरेँ । त्यतिवेलासम्म आफ्नो सोख पूरा गर्न यु ट्युबमा काम गर्थेँ । सोखका रूपमा सुरु गरेको कामले राम्रो नतिजा दिन थाल्यो । त्यसपछि लगानी पनि बढाउँदै लगेँ र पूरै समय दिन थालेँ । कामका लागि टिम बनाएँ । अहिले एक्सप्लोर ग्याजेट्समा १२ जनाको टिम छ । तीन ठाउँमा स्टुडियो निर्माण गरेका छौँ । अन्तर्राष्ट्रिय र राष्ट्रिय पत्रिकामा पनि एक्सप्लोर ग्याजेट्सले स्थान पाउन सुरु गरेको छ । सक्रियतापूर्वक र गम्भीर भएर काम गर्दा कम्पनी र आफैँलाई पनि फाइदा भएजस्तो लाग्छ । 
एक्सप्लोर ग्याजेट्स एउटा यु ट्युब च्यानल हो । यसमा हामी टेक रिभ्यु गर्छौँ । नयाँ फोन, नयाँ सफ्टवेयर वा कुनै नयाँ ग्याजेट आयो भने हामी त्यसको रिभ्यु गर्छौँ । अहिलेसम्म चार सयभन्दा बढी ब्रान्डसँग काम गरिसकेका छौँ । हामी नेपालमा बसेर काम गर्छौँ । तर, यी ब्रान्ड नेपालका होइनन् । विश्वका धेरै देशका ब्रान्डसँग काम गरेका हौँ । यसमा फरक ग्याजेट वा सफ्टवेयरबारे रिसर्च बेस्ड भिडियोदेखि हाम्रो यु ट्युब च्यानल हेर्नेलाई उनीहरूलाई ग्याजेटमा समस्या आयो भने त्यसलाई समाधान गर्ने विषयसमेत जानकारी दिन्छौँ । 
हाम्रो यु ट्युब च्यानलमा अहिले साढे पाँच लाख सब्स्क्राइबर छन् । एक्सप्लोर ग्याजेट्स नेपालको सबैभन्दा पहिलो यु ट्युबबाट सिल्भर प्ले बटम पाएको च्यानल हो । त्यसलगत्तै अन्य च्यानल पनि आए । मलाई केही सामान हातमा परेपछि त्यसबारे के होला ? कसरी बनेको होला ? जस्ता विषयमा चासो लाग्थ्यो । ए लेभल अध्ययन सकिएर बिदा मनाउँदै थिएँ । त्यसवेलामा भर्खर सामसुङले नोट वान फोन निकालेको थियो । दिदीले अमेरिकाबाट त्यो 
फोन पठाइदिनुभयो । 
नयाँ फोन हातमा परेपछि आदतअनुसार विभिन्न एक्सपेरिमेन्ट गर्न सुरु गरेँ । चलाउँदा–चलाउँदै फोन बिग्रियो । त्यसपछि त्यसलाई कसरी समाधान गर्ने भन्ने प्रयासमा लागेँ । विभिन्न तरिका अपनाउँदा–अपनाउँदै समस्या समाधान भयो र फोनले पहिलेकै जसरी काम गर्न थाल्यो । कसरी बनाउने भन्ने विषयमा सर्च गर्दै जाँदा अरूले पनि यो समस्या समाधानबारे सर्च गरिरहेका रहेछन् भन्ने थाहा पाएँ । 
त्यसपछि त्यो कसरी समाधान हुन्छ भन्ने एउटा भिडियो यत्तिकै बनाएर यु ट्युबमा अपलोड गरिदिएँ । साथमा त्यो फोनको रिभ्यु पनि गरेँ । त्यो भिडियोमा राम्रै भ्युज आयो । प्रयोगकर्ताले हेर्न थाले । त्यसमा विभिन्न कमेन्ट गर्न थाले । मलाई त्यसमा रमाइलो लाग्थ्यो । कहिले भ्युज बढ्यो भनेर रमायो, कहिले कमेन्ट आयो भनेर रमाइयो । आफ्नो कामप्रति रेस्पोन्स आएपछि यस्तो भिडियो बनाउनुपर्ने रहेछ भन्ने लाग्यो । त्यसपछि अरू केही भिडियो बनाएर अपलोड गरिदिएँ । 
भिडियो बनाएर अपलोड गर्दै जाँदा यु ट्युबबाट पनि पैसा कमाउन सकिँदोरहेछ भन्ने थाहा भयो । त्यसपछि मैले यो कामलाई पेसाकै रूपमा अघि बढाउने योजना बनाएँ । त्यही एउटा फोन बिगारेर बनाउन सकेपछि मेरो यात्रा सुरु भएछ भन्ने लाग्छ । कुनै पनि काम सुरु गर्दा त्यसमा आफ्नो ज्ञान, बजारको अवस्था, लगानीको आकारजस्ता कुराको अध्ययन गरेर धेरै विकल्पमा एउटा विकल्प छान्छन् । तर, मेरो व्यावसायिक यात्रा एउटा संयोग मात्र थियो भन्ने लाग्छ । मेरो सोख पछि व्यवसायमा परिणत भयो । 
यु ट्युबभन्दा पनि यसमा हुने कन्टेन्टको कुरा गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले कुनै कन्टेन्ट बनाउँदा कि यु ट्युबका लागि, कि वेबसाइटका लागि बनाउँछन् । ब्लग पनि एउटा कन्टेन्ट नै हो । भिडियोको कुरा गर्नुपर्दा नेपालको परिप्रेक्ष्यमा इन्टरनेट सेवा कति सस्तो र सहज थियो भन्ने कुरा हेर्नुपर्ने हुन्छ । ५–६ वर्षअघि पनि इन्टरनेटको पहुँच त्यति राम्रो थिएन । तर, अहिले इन्टरनेट सामान्य र अति आवश्यक वस्तुमा परिसकेको छ । घर–घरमा ब्यान्डविथको सेवा पुगेको छ । सस्तो हुँदै गएको छ । ५–१० वर्षअघि भिडियो वा कन्टेन्ट बनाउँदा पनि मान्छेले हेर्न सक्ने अवस्था थिएन । आज घरघरमा इन्टरनेट छ, हातहातमा मोबाइल छ । 
सबैभन्दा पहिले आपूmलाई चासो भएको र त्यसबाट मनोरञ्जन गर्न सक्ने काम छान्नुपर्छ । आपूmलाई चासो नभएको, तर अरूले गरेको हेरेर म पनि त्यही गर्छु भनेर फलो गरेर हुँदैन । फलोअर भन्नेबित्तिकै त्यो सधैँ पछि पर्छ जस्तो लाग्छ । नयाँ अवधारणासहित काम गर्न सक्यो भने त्यो लिडर हुन्छ र सधैँ अघि हुन्छ र फलोअरको काम भनेको पछि लाग्ने हो । 
अरूले गरेको कामबाट इन्स्पायर हुनु एउटा कुरो, फलो मात्र गरेर वा नक्कल मात्र गरेरचाहिँ हुँदैन । ऊ कहिले पनि क्रिएटर हुन सक्दैन । कसैको कपी गरेकै भरमा अघि बढ्छु भनेर अबको युगमा हुँदैन । कि त कपी गरे पनि निपुण ढंगले गर्न सक्नुप¥यो । अर्थात् त्यसको कमजोरी पत्ता लगाएर परिमार्जनसहित गर्नुपयो । परिमार्जनविनाको नक्कल अबको बजारमा सफल हुन सक्दैन । 
यो व्यवसाय अहिलेसम्म चर्चामा आएको छैन । अर्थात्, अन्डर–एक्स्पोज्ड बिजनेसका रूपमा रहेको छ । हामी काम गर्छौँ । त्यो कन्टेन्ट यु ट्युबमा जान्छ । यु ट्युबको यहाँ स्थानीय कार्यालय नै नभएपछि राज्यको पहुँचमै छैन । पहुँचमा नभएपछि राज्यले नीति बनाउन पनि सक्दैन । यस विषयमा बिस्तारै कुरा हुँदै छ । यु ट्युबलाई नियमन गर्ने कुरो पनि उठ्न थालिसकेको छ । यो कुरा राज्यले बुझ्न सक्छ कि सक्दैन भन्ने हो । यो पूर्ण सूचना दिने पनि होइन र पूर्ण मनोरञ्जनात्मक पनि होइन । त्यसैले अहिले नीति बनाउँदा पनि फ्रिलान्सरकै नीतिमा जान्छ जस्तो लाग्छ । यो भनेको स्वेच्छाले गर्ने काम हो । 
घरमै बसेर काम गर्न सकिन्छ । यसका लागि कार्यालय स्थापना गर्न आवश्यक छैन । त्यसबाट अलिअलि रकम आइहाल्यो भने पनि त्यसमा सरकारले आँखा लगाउनु ठीक होइन । त्यसमाथि यो विदेशी मुद्रा आर्जन गर्ने व्यवसाय हो । यसमा डलर आम्दानी हुन्छ । तर, नेपालमा यु ट्युबको कार्यालय नै नभएपछि भुक्तानी लिने समस्या भने छ । त्यो क्षेत्रमा सरकारले ध्यान दिएमा कन्टेन्ट क्रिएटरका रूपमा हामीलाई पनि सजिलो हुन्छ । हामीले सबैभन्दा पहिले काम सुरु गरेकोे हुनाले हामीले पनि बिस्तारै बुभ्mदै छौँ । 
एउटा व्यवसायी भएको नाताले हामीलाई पनि कर तिरेर सम्मानित व्यवसायी हुने रहर छ । देशका लागि पनि योगदान होस् भन्ने चाहन्छौँ । नेपालमै बसेर काम गरेपछि नेपालका लागि केही सोच्नु पनि पर्छ । जब त्यसका लागि वैधानिक आधार नै छैन भने अप्ठेरो हुन्छ । यसमा सरकार केही गर्न चाहन्छ र हामीले सहयोग गर्न सक्छौँ भने हामी तयार छौँ । 
सन्तुष्टिले मानिसको प्रगतिलाई रोक्छ । त्यसैले हामी यु ट्युब च्यानलसम्म मात्र सीमित रहन चाहँदैनौँ । यसलाई ठूलै टेक कम्पनी बनाएर विस्तार गर्ने योजना छ । यो नेपालमा मात्र नभएर अमेरिका, बेलायत, अस्ट्रेलिया, भारतलगायत देशमा बढाउँदै छौँ । एक्सप्लोर ग्याजेट्स त अमेरिकामा आधारित कम्पनी नै भयो । अब हामी भारतमा पनि एउटा कार्यालय स्थापना गर्ने तयारीमा छौँ । त्यसका लागि भारतमा आधारित टेक कम्पनी बनाउँदै छौँ । अब हामी यसलाई टेक च्यानल नभई टेक कम्पनीका रूपमा अघि बढाउँदै छौँ । 
यो वर्ष नयाँ के आयो ? नयाँ कुन सफ्टवेयर हालेर ब्याट्रीलाई कसरी लामो समय टिकाउन सकिन्छ ? जस्ता कुरा पनि हामी यसमार्फत सिकाउँछौँ । यो पेसामा जो पनि आउन सक्छ । तर, म फलानोजस्तो बन्छु भन्नु भन्दा पनि यो दक्षता र सोचसाथ अघि बढ्छु भन्दा धेरै राम्रो प्रगति हुन्छ ।