मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख ४ बुधबार १६:४१:००
Read Time : < 1 मिनेट
विश्व

गुगल प्लेस्टोरबाट टिकटक गायब ?

Read Time : < 1 मिनेट
२०७६ बैशाख ४ बुधबार १६:४१:००

भारतमा गुगलले प्लेस्टोरबाट टिकटक हटाएको छ । 

मद्रास उच्च अदालतको आदेशपछि भारत सरकारले गुगलसँग प्लेस्टोरबाट टिकटक हटाउन आग्रह गरेको थियो । सरकारको आग्रहपछि गुगलले प्लेस्टोरबाट टिकटक हटाएको हो । टिकटक हटाउने विषयलाई लिएर भारतको सर्वोच्च अदालतमा पनि मुद्धा चलिरहेको छ । सर्वोच्चले यो मुद्धामा अन्तिम फैसला नगरे पनि मद्रास उच्च अदालतको फैसला खारेज गर्न अस्वीकार गरेको छ । 

मद्रास अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो । यसले बालबालिका र युवाको भविष्यमा नकारात्मक असर पारेको अदालतको व्याख्या छ । 

सरकारको आग्रहपछि गुगलसँगै एप्पलले पनि आफ्नो एपस्टोरबाट टिकटक हटाएको जनाएको छ ।