१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टोपलाल अर्याल
२०७६ बैशाख ४ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

गुल्मीकाे बढीगाडमा व्यावसायिक र्‍याफ्टिङ

Read Time : < 1 मिनेट
टोपलाल अर्याल
२०७६ बैशाख ४ बुधबार ११:२०:००

जिल्लाको बढीगाड खोलामा व्यावसायिक रूपमा र्‍याफ्टिङ सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले र्‍याफ्टिङको शुभारम्भ गरे । र्‍याफ्टिङ उद्घाटन गर्दै मन्त्री विष्टले बढीगाड नदीका थुप्रै सम्भावनामध्ये यो एउटा भएको बताए । 

बढीगाडको पहिचान बढ्दै जाने भन्दै मन्त्री विष्टले बढीगाड खोलाको शिर ढोरपाटन भएकाले सम्बन्ध विस्तारमार्फत त्यहाँका पर्यटकलाई र्‍याफ्टिङसम्म ल्याउनुपर्ने बताए । उनले नदीकिनारका खेतीयोग्य जमिनको उपयोगमा पनि ध्यान पुर्‍याउनुपर्ने बताए । मन्त्री विष्टले बढीगाड गाउँपालिका– २ खर्बाङबाट दुई किलोमिटरभन्दा बढी नदीमा र्‍याफ्टिङ गरेका थिए । 

मगंलबारबाट सुरु भएको र्‍याफ्टिङले स्थानीय होटेल व्यवसायीहरू उत्साही भएका छन् । वामीटक्सारमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल सापकोटाले भने, ‘र्‍याफ्टिङ सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै होटेल व्यवसायमा समेत फाइदा हुनेछ ।’ 

त्यसैले हामी निकै उत्साही भएका छौँ ।’ बढीगाडमा  र्‍याफ्टिङ सञ्चालनका लागि गत पुसमै सम्भाव्यता अध्ययन गरिएको थियो । परीक्षण सफल भएपछि व्यवसाय सञ्चालनको अनुमति दिइएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

झक्कले एग्रो रिसोर्ट प्रालिले मुसिकोट– ७ वामीबाट र्‍याफ्टिङ सञ्चालन सुरु गरेको हो । रिसोर्टका अध्यक्ष चूडामणि सापकोटाले तीन चरणमा र्‍याफ्टिङ गर्न सकिने व्यवस्था रहेको बताए । पहिलो चरणमा खर्बाङ–झेदी, दोस्रो चरणमा झेदी–कुर्घा र तेस्रो चरणमा कुर्घा–झक्कले र्‍याफ्टिङ सञ्चालन गर्न सकिने उनको भनाइ छ । तत्काललाई र्‍याफ्टिङको शुल्क प्रतिव्यक्ति ८ सय ५० निर्धारण गरिएको छ । एकपटकमा ८ जनाले र्‍याफ्टिङ गर्न सक्नेछन् ।