मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० जेठ १५ सोमबार १२:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज कारागारबाट १९ कैदी रिहा

Read Time : < 1 मिनेट
२०८० जेठ १५ सोमबार १२:४५:००

गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदीबन्दी रिहा भएका छन्। विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका १९ जनाले असल चालचलनको आधारमा बाँकी सजाय माफी पाएका हुन्।

वीरगन्ज कारागारबाट रिहा हुनेहरमा कर्तव्य ज्यान मुद्दाका सातजना, सवारीसाधन मुद्दाका दुईजना, चोरी मुद्दाका तीनजना, हातहतियार खरखजाना मुद्दाका दुईजना तथा ज्यान मार्ने उद्योग, आपराधिक लाभ, सवारी ज्यान उद्योग तथा अंगभंग, लागुऔषध र विनाइजाजत वन पैदावार हानि–नोक्सानी मुद्दाका एक–एकजना रहेका छन्।

कर्तव्य ज्यानका सातजना कैदीबन्दीमध्ये पाँचजनालाई आममाफी भएको वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले बताए। उनले रिहा भएका कैदीबन्दीलाई फूलमाला र टीका लगाएर बिदाइ गरेका थिए। 

१६औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये पाँच सय एक कैदीको सजाय माफी दिएका छन्।