मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ बैशाख ३ मंगलबार १७:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

शिक्षा मन्त्रीको पुत्ला दहन गर्न खोज्ने नेविसंघका दुई जना पक्राउ [फोटो/भिडियाे]

Read Time : < 1 मिनेट
२०७६ बैशाख ३ मंगलबार १७:१६:००

पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसमा मापदण्ड विपरित ३०१ विद्यार्थी भर्ना गरी विगत ६ महिना देखि अध्ययन गराएको सम्बन्धमा शिक्षा मन्त्रालयले ध्यान नदिएको भन्दै नेविसंघले मंगलबार सिंहदरबाट दक्षिण गेटमा प्रदर्शन गरेको छ ।

नाराबाजी गर्दै शिक्षा मन्त्रीको पुतला दहन गर्ने क्रममा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले पक्षका विद्यार्थीले पुतला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दुईजनालाई नियन्त्रणमा लिएपछि अरु भागेको बताए । 

शिक्षा क्षेत्रमा भ्रष्टाचार बढेको विद्यालय देखि उच्च शिक्षासम्म अचाक्ली शुल्क वृद्धि जस्ता  विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षा मन्त्रालाई गैर जिम्मेवार बनेको भन्दै प्रदर्शन भएको हो ।

 

भिडियाे ः