मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जन भण्डारी
२०७५ पौष १० मंगलबार ११:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

मदिरा भट्टी नष्ट गर्दै प्रहरी

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ पौष १० मंगलबार ११:४३:००

प्रहरीले लागुऔषध तथा घरेलु मदिराविरुद्ध अभियान चलाउँदै हजारौँ लिटर मदिरा तथा दर्जनौँ ठूला–साना भट्टी नष्ट गरेको छ । विगतमा घरेलु मदिराको बिक्री–वितरणमा मौन स्वीकृति दिएको आरोप खेपेको प्रहरीले यसपटक अभियान नै चलाएर नष्ट गर्न थालेको हो । 

औरही नगरपालिका–१ स्थित उखुवारीमा लुकाई–छिपाई सञ्चालन गरिँदै आएका मदिरा भट्टी सोमबार प्रहरीले नष्ट गरेको छ । त्यसक्रममा करिब ३५ हजार लिटर कच्चापदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । उनले मदिरा बनाउने विभिन्न किसिमका भाँडा, मेसिन तथा ४२ थान ड्रम नियन्त्रणमा लिइएको जानकारी दिए । 

समाजमा बढ्दै गरेको अपराधमा मदिरा सेवनकर्ताको अत्यधिक संलग्नता देखिएकाले मदिरा नियन्त्रणको अभियान चलाइएको एसपी कार्कीले बताए । विगतमा पनि भट्टी नष्ट गरिएको तथा भट्टी सञ्चालकमाथि मुद्दा चलाइएको भन्दै उनले अभियान निरन्तर रहेको दाबी गरे ।

‘मदिरा सेवन गरेका व्यक्तिबाटै समाजमा विभिन्न किसिमका जघन्य अपराध तथा घरेलु हिंसा बढी हुने गरेको पाइन्छ,’ एसपी कार्कीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले मदिरा भट्टी नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्दै छौँ ।’