पक्राउ परेका ताण्डव न्युजका सम्पादक गिरी रिहा

२०७६ बैशाख २ सोमबार २१:५२:०० | काठमाडाैं

ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी रिहा भएका छन् । मंगलबार बिहान १० बजे जिल्ला अदालत काठमाडौंमा हाजिर हुनेगरी नेपाल पत्रकार महासंघको जिम्मामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले रिहा गरेको हो । 

समाचार लेखेको आधारमा साइबर अपराध मुद्दा लगाएर पत्रकार गिरीलाई सोमबार बिहान पक्राउ गरिएको थियो । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतास विरुद्ध समाचार लेखेका थिए । उनका उजुरीका आधारमा गिरी पक्राउ परेका थिए ।

पक्राउ परेका गिरीलाई साईबर क्राइमको मुद्दा दायर गरेको प्रति नेपाल पत्रकार महासंघसँगै पत्रकारसँग सम्बन्धीत विभिन्न संघ संस्थाले विज्ञप्ती जारि गदै खेद प्रकाट गरेका थिए । समाचारको बिषयलाई लिएर चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारबाही गर्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा हाल्नु ठिक नभएको भन्दै गिरीको रिहाईको माग गरेका थिए ।

प्रतिकृया दिनुहोस