मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २ सोमबार २०:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार २०:४९:००

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सुरक्षा सूचना केन्द्र स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गृह मन्त्रालय बाहेक जिल्ला तहमा पहिलो पटक सुरक्षा सूचना केन्द्र स्थापना गरेको हो । 

गत २७ र २८ फागुनमा भैरहवामा भएको प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयले हरेक जिल्लामा सुरक्षा सूचना केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो । सुरक्षा सूचना केन्द्र जिल्ला सुरक्षा समिती अन्तर्गत रहने छ । 

केन्द्र सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सदस्य रहने गरि ६ जनाको समिती हुनेछ । केन्द्रमा मुख्य रुपमा दुई तहको काम हुन सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार पहिलो, विश्लेषण तहमा सहायक प्रजिअको संयोजनमा हुने टिमले जिल्लाको सुरक्षा चुनौती, अपराधिक गतिविधी लगायतको बिषयको समिक्षा गर्ने छ भने दोस्रो संचालन तह जसमा नेपाल प्रहरी र शशत्र प्रहरीको ६ जनाले कन्ट्रोल रुम संचालन गर्नेछन् । 

कन्ट्रोल रुममा रहने सम्पर्क नम्बरमा सर्वसाधारणले समस्या राख्न सक्नेछन् । कन्ट्रोल रुममा आएको फोनको आधिकारिकता जाँच गरी उक्त सूचना माथिल्लो तहमा अघि बढाइनेछ । कन्ट्रोल रुममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको १÷१ जनाको दरले ८ घण्टाको ड्युटी रहने छ ।