मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार २०:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग

घोरासाईनेको ‘मोटरसाईकल आजै किनेको’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार २०:१०:००

लोक दोहोरी गायक नवराज घोरासाईनेको ‘मोटर साईकल आजै किनेको’ सार्वजनिक भएको छ । घोरासाईनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखीहरुका लागि गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक घोरासाईनेलाई चर्चित लोक गायिका पार्वती कार्कीले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत घोरासाईने आफैंको रहेको छ । गीतलाई पूर्ण गरुङले एरेन्ज र डिका गुरुङले मिक्सिङ गरेका छन् । दुर्लभ श्रेष्ठले छायाँकन गरेको गीतको भीडियोमा ग्राफर विषेश महर्जनको रहेको छ । नविन भट्टको सम्पादन रहेको गीतमा कला राजाराम गौतमको छ । 

संजिव ठकुरीको कोरियोग्राफ रहेको भिडियोमा ठकुरीसँगै, संजिता राना, गायकद्धय घोरासाईने र कार्किको साथमा नारायण दंगाल फिचर्ड छन् । काठमाडौं डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीत युटुबमार्फत सार्वजनिक गरिएको हो ।