मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २ सोमबार १९:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

पोखरामा आलु महोत्सव

आलुकै पहाड, आलुकै परिकार

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १९:५३:००

२५ लाखको आलु बिक्री गर्दै पोखराको हेमजामा आयोजना गरिएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव-२०७५ सम्पन्न भएको छ । विष्णुपादुका क्लब हेमजाद्वारा आयोजित १० दिने महोत्सवको ६५ हजार दर्शकले अवलोकन गरेका थिए ।

४० हजार किलो आलुको पहाड
महोत्सव स्थलमा आलु बिक्रीका लागि आलुको पहाड बनाइएको थियो । महोत्सव स्थलमा रहेको पहाडमा ४० हजार किलो आलु राखिएको आलु संकलनकत्र्ता जयराम तिम्सीनाले जानकारी दिए । उनका अनुसार सुरुमा ४० हजार किलोको आलुको पहाड बनाइएको भएपनि पुनः ४० हजार किलो आलु ल्याएर बिक्री गरिएको तिम्सीनाले जानकारी दिए । उनका अनुसार महोत्सवस्थलबाट ३२ रुपैयाँ प्रतिकिलोको दरले आलु बिक्री गरिएको थियो । विभिन्न स्थानबाट आलु खरिदका लागि महोत्सवमा मानिसहरु आउने गरेको उनको भनाई छ ।

आलुबाटै ढेड दर्जन परिकार 
महोत्सवमा आलुबाट बनेका ढेड दर्जन परिकार समेत बिक्रीका लागि राखिएको थियो । आलुबाट बनेका कबाव, रोष्ट, स्टार्ट पोटाटो, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको वर्गर, अचार, आलुको ढिँडो, दाल लगायत अन्य परिकारको स्वाद समेत महोत्सव अवलोकनका लागि गएका दर्शकहरुले चाख्न पाए । यसका साथै सेलरोटी, खिर प्रर्दशनी एवं बिक्रीका लागि राखिएको प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले जानकारि दिए ।