मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २८ बिहीबार ०८:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २८ बिहीबार ०८:५३:००

हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् । 

अस्पतालमा नगद संकलन काउन्टरबाट सार्वजनिक बिदाका दिनसहित २४सै घन्टा सेवा प्रदान गर्ने बताइको छ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरूका आफन्तजन तथा अस्पतालका कर्मचारीहरूलाई सहजता प्रदान गने बैंकको विश्वास छ  ।