१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख २ सोमबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार

बुद्धकृष्णले सातौं पटक जिब्रो छेडाए

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १९:१२:००

भक्तपुरको बिस्केट जात्राअन्तर्गत सोमबार मध्यपुरथिमि नगरपालिकामा सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा मनाइएको छ । जात्रालुले एकआपसमा सिन्दुर खेलेर सिन्दुर जात्रा मनाएका छन् । टोल–टोलबाट विभिन्न देवी देवताको मुर्ती विराजमान गराई खटसहितको जात्रालु टोली जम्मा भएर सिन्दुर खेल्ने गरिन्छ । जात्रामा देवी विदेशी पर्यटकहरु समेत खुलेर रमाए । 

बिहानैबाट जम्मा भएका जात्रालुले सिन्दुर खेलेपछि मध्यपुरथिमि क्षेत्र राताम्मे बनेको छ । विभिन्न टोलबाट ३२ वटा खट आउने भएका कारण जात्रालाई ३२ खट जात्रा पनि भनिन्छ । तर यो वर्ष खट ल्याउने क्रम भने घटेको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए । 

बिस्केट अन्तर्गत थिमि क्षेत्रमा मनाइने यो बिस्केटकै महत्वपुर्ण आकर्षण हो । नेवारी समुदायमा चर्चित बाजागाजासहित जात्रालुहरु खट बोकेर सिन्दुर र संगीतमा घण्टौँसम्म झुमेका छन् । सोमबारै बोडेमा स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाए । बोडे माविसँगैको पाँचो मन्दिरबाट जिब्रो छेडेपछि जात्रालुसँगै बुद्धकृष्णले बजार परिक्रमा गर्दै महादेव मन्दिरमा पुगेर सियो फुकाले । 

बिस्केट जात्रा अन्तर्गत भक्तपुरका गाउँ–गाउँमा समेत विभिन्न देवी देवताको पुजाआजा गरी जात्रा मनाइदैँछ । नयाँ वर्षको स्वागत गर्दै २७ चैत्रबाट सुरु भएको जात्रा ५ वैशाखमा सकिनेछ । 

बुद्धकृष्णले २०६२ देखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् । बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा उनको जिब्रो छेडिएको हो ।