Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार

कफीको विकास गर्न सके व्यापार घाटा कम हुन्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १९:०८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाईं आग्रह गरेका छन् । 

अन्तर्राष्ट्रिय बजारमा ठूलो परिणाममा माग भईरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानुन निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।  काठमाडौंमा सोमबार सुरु भएको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत कफी खेती भरपर्दो माध्यमको रुपमा रहेको र त्यसको विकासमा निजी क्षेत्रले समेत चासो नदिएकोमा उनले असन्तुष्टि जनाए ।

अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताए । नेपालको ४२ जिल्ला कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ । तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन नसकेको अध्यक्ष दाहालको भनाई छ ।