मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार

अवैध भरुवा बन्दुक संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १९:०४:००

जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका विभिन्न ग्रामीण भेगबाट ४६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ । कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत जिल्लाको खनियाबास गाउँपालिका, रुबीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाका विभिन्न गाउँबाट भरुवा बन्दुक संकलन गरेको हो । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकाको विभिन्न बस्तीमा सञ्चालन गरिएको विभिन्न सचेतनामूलक कार्यक्रमबाट ती परिमाणका भरुवा बन्दुक संकलन गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले जानकारी दिए । संकलन गरिएका बन्दुक मध्ये खनियाबास गाउँपालिकाबाट ३२ नाल, रुबीभ्याली गाउँपालिकाबाट १० नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल समेत गरी ४६ थान भरुवा बन्दुक संकलन गरिएको हो । संकलन गरिएका बन्दुक सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरिएको छ ।

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार ५ वैशाख ०७६सम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । सार्वजनिक सूचना बेवास्ता गरी अवैध रुपमा विष्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने एसपी वैदवारले जानकारी दिए ।

पछिल्लो समय अवैध हातहतियारका कारण सर्वसाधारणको ज्यान जाने क्रम बढेको भन्दै गृह मन्त्रालय मार्फत प्रत्येक जिल्लाको प्रशासन र प्रहरी कार्यालयमा मार्फत अभियान संचालन गरेको छ ।