१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १८:२३:००
Read Time : < 1 मिनेट
अर्थ

अर्थमन्त्रीद्वारा औधोगिक क्षेत्र निर्माणमा निजीक्षेत्रलाई आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १८:२३:००

अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । 

सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै उनले त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी/व्यवसायीहरुलाई आह्वान गरेका हुन् । चितवनको भरतपुरमा सोमबार प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगीहरुसँगको अन्तरक्रियामा उनले प्रत्येक स्थानीय तहमा पनि औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे । उद्योगधन्दा स्थापनाका लागि सरकारले आवश्यक कानुनी, नीतिगत र संरचनागत सुधारको कामलाई तीव्रता दिएको उनले स्पष्ट पारे ।

सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन उनले उद्योगीहरुलाई आग्रह गरे । औद्योगिक सुरक्षा बल प्रदान गरेर सबै उद्योगहरुमा सरकारले औद्योगिक सुरक्षाको प्रत्याभूतिका लागि सरकारले सबै सुरक्षा निकायसँग आवश्यक छलफल गरिसकेको उनले बताए । उद्योगधन्दामा विध्वंशकारी गतिविधि हुन नदिन सरकार सचेत रहेको उनले स्पष्ट पारे । 

खतिवडाले मुलुकको आर्थिक वृद्धिदर दोब्बर बनाउन सरकारले निजी क्षेत्रबाट ५५ प्रतिशत लगानी भित्र्याउन चाहेको बताए ।