मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १७:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग

‘दाल भात तरकारी’को फर्स्ट लुक सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १७:५९:००

सुदन केसी निर्देशित चलचित्र ‘दाल भात तरकारी’को फर्स्ट  लुक सोमबार सार्वजनिक गरिएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म युनिट यतिबेला प्रचारप्रसारका लागि देशदौडाहमा  छ ।  मह–सञ्चारको प्रस्तुतिमा निर्माण भएको कमेडी जनराको चलचित्रलाई किरण केसीले निर्देशन गरेका हुन् । कलाकार हरिवंश आचार्यले लेखेकोे चलचित्रमा रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठ निर्माताका रुपमा छन् । दीर्घ गुरुङको छायाँकन रहेकोे चलचित्रमा मित्र डी गुरुङले सम्पादन गरेका छन् । 

२० वैशाखबाट प्रर्दशनमा आउने चलचित्रमा निरुता सिंह, हरिवंश आचार्य, आँचल शर्मा र पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय छ ।

केही दिन अघि सार्वजनिक गरिएको ट्रेलरले समेत राम्रो चर्चा बटुलिरहेको छ । यस अघि सार्वजनिक गरिएका दुई गीत समेत उत्तिकै चर्चामा छन् ।