Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ बैशाख २ सोमबार १६:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विवाहमा गएका युवकको विभत्स हत्या 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १६:५७:००

कञ्चनपुरको कृष्णपुरमा एक युवकको विभत्स हत्या भएको छ । चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका ७ का युवक सुबिल बडायकको हत्या भएको हो । उनी २८ चैत्र कलुवापुर गाउँमा विवाहमा गएको समयदेखि बेपत्ता रहेका थिए । 

बडायकले टाउको र शरिर अलग भएको अवस्थामा सोमबार खोलामा शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । रैकवार विचुवा प्रहरी चौकीका इन्चार्ज दिल बहादुर कुँवरले लम्बाचदरको न्युरा खोलामा बडायकको शव फेला परेको बताए । बडायकको शव परीक्षणको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । 

प्रहरी नायब निरीक्षक कुँवरकाअनुसार हत्याको आशंकामा तीन महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । 

‘विवाहमा डिजेमा नाचिरहेका बेला डिस्कर्स परेको रहेछ, ‘उनले भने, ‘युवतीसहित मिलेर हत्या गरेको आंशका गरेका छौँ ।’ कसको विवाह थियो वा कुनै पार्टी थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बडायकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।