मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार

विवेकशील नेपाली दलको प्रश्न : नेता हौ कि भू-माफिया ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १५:५१:००

सरकारी तथा सार्वजनिक जग्गाहरूलाई राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा विवेकशील नेपाली दलले सोमबार सिंहदरबार अगाडि विरोध कार्यक्रम गरेको छ । 

कागजात बनाउने अनि त्यसलाई वैधता दिने निर्णय सरकारबाटै हुँदै आएका घटनाहरु पनि सार्वजनिक भइरहेका बेला बिरोध कार्यक्रम गरेको विवेकशील नेपाली दलले जनाएको छ । ‘लुटतन्त्र का अनेक कथा’ नाम दिइएको बिरोध कार्यक्रममा सहभागीहरूले सार्वजनिक जग्गाहरू नै यसरी अतिक्रमण हुँदा लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताए । ठुला पार्टीका शिर्ष नेताहरु नै यसरी माफियाको पक्षमा अनि सहयोगमा उभिँदा, नेता र माफिया छुट्याउन गाह्रो भएको सहभागीहरुको धारणा थियो ।

साथै, सार्वजनिक जग्गा अतिक्रमणले संस्कृतिहरूलाई कमजोर बनाउने, बालबालिकाले डुल्ने, खेल्ने ठाउँ नपाउने जस्ता समस्या आएको बिरोधमा सहभागीहरुको भनाई थियो । सहभागीले ‘नेता हौ कि भू माफिया’, ‘माफिया सांसद राजीनामा दे ।’, ‘सिद्धान्तमा कम्युनिस्ट, काममा कमाउनिस्ट ?’ लगायतका नारा समेत लगाएका थिए ।