१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २ सोमबार १५:५०:००
Read Time : < 1 मिनेट
खेलकुद

अन्तराष्ट्रिय कराँते प्रतियोगिता सुदूरपश्चिमको धनगढीमा हुने 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १५:५०:००

नवौं अन्तराष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना हुने भएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेबाट धनगढी रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

सुदूरपश्चिम प्रदेशको पहिचानलाई फराकिलो पार्दै त्यहाँको समृद्धिमा समेत योगदान पु-याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका महासचिव प्रकाश चन्दले बताए । 

प्रतियोगितामा काता, कुमुते र टिम कुमिते गरी तीन वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा च्याम्पियन टिमलाई ७५ हजार नगद पुरस्कारसहित सम्मान गरिने  चन्दले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिव एक हजार बढि महिला तथा पुरुष खेलाडीहरु सहभागी हुनेछन ।

प्रतियोगिता विगत १६ वर्षयता नियमित रुपमा आयोजना हुँदै आएको छ । प्रतियोगितामा सबै प्रदेश, स्कुल, कलेज, डोजो तथा तीन वटै विभागीय टिमका खेलाडीहरुले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको संघले जनाएको छ ।