मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १५:३६:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ युनिट स्थापना गर्न जनशक्ति अभाव : सशस्त्र प्रहरी महानिरीक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १५:३६:००

स्रोत साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै नयाँ युनिटको माग आए पनि स्थापना गर्न नसकिएको बताएका हुन् ।

हलचोकस्थित सश्स्त्र प्रहरीको मुख्यालयमा पत्रकार सम्मेलन गरी उनले नयाँ युनिट स्थापनाका लागि एक सय ६९ वटा स्थानबाट माग आएको बताए । 

खनालले ठूला जलविद्युत आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहे पनि जनशक्तिको अभावमा नयाँ युनिट राख्न सक्ने अवस्था नरहेकोे स्पष्ट पारे ।

सूचनामा सबैको पहुँच पु-याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले नयाँ मोबाइल एप्स सोमबारबाटै संचालनमा ल्याइएको छ । मातहतका कर्मचारी र सशस्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यले एप्स संचालनमा ल्याइएको खनालले बताए ।