मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २ सोमबार १५:२४:००
Read Time : < 1 मिनेट
विश्व

योगी आदित्यनाथ र मायावतीलाई चुनाव प्रचारमा रोक 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १५:२४:००

भारतको केन्द्रीय निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ र बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको छ । 

नाथलाई ७२ घण्टा र मायावतीलाई ४८ घण्टा चुनाव प्रचार कार्यक्रममा भाग लिन रोक लगाएको हो । यो रोक मंगलबार बिहान ६ बजेदेखि कार्यान्वयन हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन हुने अभिव्यक्ति दिएकाले यस्तो कारबाही गरिएको आयोगले जनाएको छ । यसअघि सर्वोच्च अदालतले आवश्यक कारबाही गर्न आयोगलाई आदेश दिएको थियो । 

भारतमा केन्द्रीय संसद लोकसभाको चुनाव गत बिहीबारबाट सुरु भएको छ । सात चरणमा हुने मतदान १९ मेमा सकिने छ ।