नरेन्द्र माेदीकाे हेलिकाेप्टरमा 'रहस्यमय कालाे बाकस'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरमा रहस्मय कालो बाकस देखिएको भन्दै यसबारे जानकारी गराउन भारतीय काँग्रेसले माग गरेको छ । 

आइतबार प्रधानमन्त्री मोदी चुनाव प्रचारका लागि कर्नाटक गएका थिए । यसक्रममा तीनवटा हेलिकोप्टर प्रयोग भएको थियो । जसमध्ये एउटामा कालो बाकस राखिएको र यो बाकस निकालेर कारमा राखेको दृश्य देखिएको भिडियोमा देखिएको थियो । 

यो भिडियोले प्रश्न सिर्जना गरेको छः त्यो कालो बाकस के हो ? र, त्यसभित्र के थियो ?

यो बाकसमा चुनावमा खर्च गर्नका लागि नगद लगिएको हुनसक्ने काँग्रेसको शंका छ ।  नयाँ दिल्ली

प्रतिकृया दिनुहोस