Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १२:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

यु-१९ विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १२:२४:००

मलेसियामा जारी एसिया क्षेत्रको यु-१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले दोस्राे जित हात पारेको छ ।

नेपालले सोमबार आयोजक राष्ट्र मलेसियालाई ८ विकेटले पराजित गरेकाे हाे । पहिले ब्याटिङ गरेको मलेसियाले ९३ रनको लक्ष्य दिएकाे थियाे । नेपालले मात्र १३ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।

नेपालका ओपनर रित गौतमले अविजित ३९ रन बनाए भने आशिफ शेखले २६ र पवन सर्राफले १९ रन जोडे । एक मात्रै बल खेलेका रोहित पौडेलले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । यसअघि टस हारेर ब्याटिङ सुरु गरेको मलेसियाले ३३ ओभर ५ बलमा ९२ रन बनाउदा सबै विकेट गुमायो । डेनियल फिक्रिले ३७,मोहम्मद आमिरले १३ र हाकिम हरिसनले १० रन बनाए भने मलेसियाका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३/३ विकेट लिए भने कृष्णसिंह ऐरीले २ र सागर  ढकालले १ विकेट लिए । नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग डकवर्थ लेविसमा एक रनले हारेको थियो ।