१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार ११:१२:००
Read Time : > 2 मिनेट
खेलकुद

रंगशाला पुनर्निर्माणमा ५० करोड डलर खर्चंदै रियल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार ११:१२:००

स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी किन्न कन्जुस्याइँ गर्दैन । मुड चल्दा रियल एक औसत खेलाडीलाई महँगो मूल्यमा किन्छ र उसलाई रातारात स्टार खेलाडी बनाउने गर्छ । रियलले अब खेलाडीमाथि मात्र होइन, दर्शकलाई अनन्दित तुल्याउन रंगशालामा पैसाको खोला बगाउने भएको छ । रियलका अध्यक्ष फलारेन्ट परेजको भनाइ मान्ने हो भने सन् २०२३ सम्म रियलको घरेलु मैदान सान्टिएगो बर्नाबेउ रंगशाला बिलकुलै फरक हुनेछ । अध्यक्ष परेजले शुक्रबार आफ्नो बहुआयामित योजना घोषणा गर्दै ५० करोड ७५ लाख डलर खर्चेर सान्टिएगो बर्नाबेउको पुनर्निर्माण गर्ने घोषणा गरेका छन् । 

दर्शकको क्षमता नबढ्ने
रियलले रंगशालालाई २१औँ शताब्दीअनुरूप आधुनिकीकरण गर्ने मात्र योजना बनाएको छ, रंगशालाको दर्शक क्षमता थप हुनेछैन । अहिले यस रंगशालामा सजिलै ८१ हजार दर्शकले फुटबल खेल हेर्न सक्छन् । ‘हाम्रो योजना दर्शक संख्या बढाएर आम्दानी गर्ने होइन, दर्शकलाई रंगशालाभित्र सुविधा प्रदान गर्ने उद्देश्य हो,’ रियलका अध्यक्ष परेजले भने, ‘घरेलु दर्शक रंगशाला प्रवेश गर्दा सहज वातावरण दिलाउन पनि हामीले संख्या एकै बनाएका हौँ ।’ रियलको छिमेकी बार्सिलोनाले भने सन् २०२३ को सिजनसम्म नाउ क्याम्प ९९ हजारदेखि १ लाख ५ हजार दर्शक क्षमताको बनाउने तयारी छ । दर्शक क्षमताअनुसार सान्टिएगो बर्नाबेउ विश्वकै १४औँ स्थानमा छ । 

खेलाडी किनबेचमा असर नपर्ने
रियलको व्यवस्थापनले ४ वर्षको योजना घोषणा गर्दा नयाँ खेलाडी भिœयाउन असर पर्न सक्ने स्पेनिस पत्रिका एल मार्काले जनाएको छ । तर, अध्यक्ष परेजले नयाँ खेलाडी भिœयाउनु र रंगशाला पुनर्निर्माण फरक विषय भएको स्पष्ट पारेका छन् । ‘हामीले रंगशाला पुनर्निर्माण गरिरहँदा त्यहाँ धेरै रकम खर्च हुन्छ, त्यो स्वाभाविक पनि हो, तर यसले स्टार खेलाडी भिœयाउने बजेटमा कुनै असर गर्दैन,’ परेजले भने, ‘हामीसँग खेलाडी किन्ने बजेट अलग छ ।’ 

लोनमा रंगशालाको पुनर्निर्माण
रियलको व्यवस्थापकले सान्टिएगो बर्नाबेउ रंगशाला पुनर्निर्माणका लागि लोन लिने तयारी गरेको छ । रियलले अहिले कति लोन लिने भन्ने स्पष्ट पारेको छैन । लोन लिँदा रियलले प्रतिवर्ष २.५ प्रतिशत ब्याज बुझाउनेछ । यो लोन २०४९ मा समाप्त हुनेछ । पुनर्निर्माणसँगै रियलले प्रतिवर्ष २ करोड ९५ लाख डलर रंगशालाबाट आम्दानी गर्नेछ । रंगशाला पुनर्निर्माणका लागि रियलले एक फरक आर्थिक समिति पनि खडा गरेको छ, जसमा बैंक अफ अमेरिका, बान्को स्टान्डर्ड बैंक तथा सोसाइटी जनरल रहनेछन् । ‘आउने युवा पुस्ताले रियलको रंगशालाको बयान गरोस्,’ रियलका अध्यक्ष परेजले भने, ‘हामी उदाहरणीय रूपमा डिजिटल रंगशाला कस्तो हुन्छ भनी नमुना प्रस्तुत गर्छौं ।’

चर्चा पोग्बा र हजार्डको
रियललाई अहिले स्टार युवा खेलाडीको आवश्यकता छ । रियलबाट क्रिस्टियानो रोनाल्डोको बहिर्गमनसँगै म्याच विनर खेलाडीको अभाव खड्किएको छ । यद्यपि, अहिले पनि रियलमा स्टार खेलाडीको कुनै कमी छैन । तर, म्याच विनर खेलाडी खासै नभएको एल मार्काले जनाएको छ । पछिल्लो समय रियलको नजर निरन्तर रूपमा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र चेल्सीका बेल्जियम स्टार एडन हजार्डमाथि छ । तर, रियलले उनीहरूलाई भिœयाउन सकेको छैन । अध्यक्ष परेजले हजार्ड र पोग्बा रियलको जर्सीमा देखिन सक्ने दाबी गरेका छन् । ‘हामी दुई युवा स्टार खेलाडी भिœयाउने प्रयासमा छौँ,’ उनले भने, ‘हामीले चाहेजस्तो भएमा छिट्टै हजार्ड र पोग्बाले रियलको जर्सी लगाउनेछन् ।’ यता म्याड्रिडको स्थानीय मिडियाले समेत निकट भविष्यमा रियलमा पोग्बा र हजार्ड आउन सक्ने दाबी गरेको छ ।

ठूला डिजिटल स्क्रिन
रियलले ५० करोड डलरभन्दा माथिको बजेटमा रंगशाला पुनर्निर्माण गर्दा दर्शकले नयाँ सुविधा के पाउनेछन् ? यो प्रश्न उठेको छन् । रियलका अध्यक्ष परेजले सबै नखुलाए पनि केही पक्ष सार्वजनिक गरेका छन् । उनका अनुसार अब सान्टिएगो बर्नाबेउमा ठूला डिजिटल स्क्रिन हुनेछन् । रंगशालाको भ्युलाई ३६० डिग्री कोणमा बनाइनेछ । खेलाडीबीचको रोमाञ्चक दृश्य स्क्रिनमा हेर्न सकियोस् भनी ३६० डिग्री कोणमा बनाउन लागेको परेजले बताए । ‘रंगशाला अब ३६० डिग्री कोणको हुनेछ, यसका साथै डिजिटल स्क्रिन पनि समावेश गर्छौं,’ उनले भने ।