मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ बैशाख २ सोमबार १०:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

गर्भवती भएको हल्लबारे बोलिन् दीपिका

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख २ सोमबार १०:५३:००

अहिले दीपिका पादुकोण फिल्म ‘छपाक’को सुटिङमा व्यस्त छिन् । उनी एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको भूमिका निभाइरहेकी छिन् । फिल्म सेटको केही तस्बिर सामाजिक संजालमा भाइरल भइसकेका छन् । विवाहपछि दीपिकाको यो पहिलो फिल्म हो । 

दीपिका र रणवीरको विवाह गत वर्ष १४–१५ नोभेम्बरमा भएको थियो । तर विवाह भएको केही समयपछि नै दीपिका गर्भवती भएको खबर आएको थियो । हालै एक मिडियासँग उनले यस्तो हल्लाबारे बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो कुरा जब हुनुपर्छ भन्ने लाग्छ, तब हुनेछ ।’

दीपिकाले विवाहपछि महिलालाई गर्भवती हुने दबाब दिन आवश्यक नरहेको बताइन् । गर्भवती एकदिन हुने नै भएकाले बारबार यसबारे बेलिरहनु गलत भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘मलाई लाग्छ, जब हामी यस्ता सवाल सोध्न बन्द गर्छौं, तब समाजमा ठूलो बदलाव आउने छ ।’ अहिले सुटिङ गरिरहेकी दीपिकाको फिल्म ‘छपाक’ २०२० जनवरीमा रिलिज हुनेछ ।