Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख २ सोमबार १०:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो हुन्छ शुद्ध मह

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १०:३९:००

नेपालमा व्यावसायिक मौरीपालकबाट लगभग वार्षिक २५ सय मेट्रिक टन मह उत्पादन हुन्छ । महमा नक्कली रङ वा अखाद्य वस्तु मिसाएको हुन्छ भन्ने कतिपय विज्ञहरूको तर्क पाइन्छ । यदि, यस्तो भेटिएमा सम्बन्धित निकायले पत्ता लगाई उचित कारबाही गरियोस् भन्ने मह व्यावसायीको धारणा छ । अब जानौं शुद्ध महमा पाइने विशेषताबारे ।

अप्रशोधित मह वा चाकासहितको मह काढेको केही दिनमा नै प्रयोग गरी सक्नुपर्छ, अन्यथा महमा मैन, कुट र अन्य अवशेषले गर्दा मह बिग्रिन गई खान योग्य नहुन सक्छ । त्यसैले, महलाई खानयोग्य बनाउन महको गुणलाई नष्ट नहुने गरी प्रशोधन गरी मह बिक्री–वितरण गर्ने राष्ट्रिय÷अन्तराष्ट्रिय चलन छ । यो नै मह प्रयोग गर्ने भरपर्दो उपाय हो ।

आधुनिक व्यावसायिक मौरीपालक कृषकले ८०% मह सिल गरेपछि मात्र निष्कासन गर्ने प्रचलन छ । यस्तो मह निकाल्नका लागि मौरीलाई कम्तीमा ३ घन्टा लाग्ने गर्छ ।  छोटो समयमा मह निष्कासन गर्दा महमा २१% भन्दा बढी पानीको मात्रा हुने हुनाले यस्तो मह बिग्रिने हुन्छ । मह बिग्रिन्छ भन्ने डरले पनि मौरीपालकले छोटो समयमा मह निष्कासन गर्न रुचाउँदैनन् ।