मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख २ सोमबार १०:५०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ बिसु पर्वको सांस्कृतिक महत्व

Read Time : < 1 मिनेट
२०७६ बैशाख २ सोमबार १०:५०:००

नेपालीहरूको नयाँ वर्ष २०७६ सुरु भएको छ । देशभरि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाइँदै छ । सुदूरपश्चिममा भने नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । पराक्रमी हिन्दू सम्राट विक्रमादित्यको जन्मोत्सवको खुसियालीस्वरूप बिसु पर्व मनाउन थालिएको मान्यता छ ।

विशेषता 
बिसु पर्व सुदूरपश्चिमवासीको ठूलो चाडमध्येमा पर्छ । यस अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजापाठ गरिन्छ । विशेषगरी, पूजापाठ नयाँ वर्षको दिन चल्छ । यद्यपि, सुदूरपश्चिमका पहाडी जिल्लामा भने बिसु पर्व वैशाख १ देखि ३ गतेसम्म तीन दिन चल्छ । यो पर्व मनाउन बाहिर रहेका दाजुभाइ घर फर्किन्छन् भने छोरीचेली माइत जाने गर्छन् । उनीहरूले तीन दिनसम्म मीठो खाएर पर्व मनाउँछन् ।  

एक–अर्कालाई सिस्नोले हानेर बिसु वर्ष मनाउने परम्परा छ । समान्यतया नयाँ वर्ष अर्थात् वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय सुरु हुन्छ । सिस्नु लगाउँदा शरीरका सबै विषाक्त वस्तु नष्ट हुने, छालाको रोग निको हुने र वर्षभरि रोगव्याधीले नछुने मान्यता राखिन्छ । संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउँदा नयाँ वर्षमा विषालु जीवबाट बच्न सकिने धार्मिक मान्यतासमेत पाइन्छ ।  
खानेकुरा
बिसु पर्व सुदूरपश्चिमका विभिन्न ठाउँमा फरक तरिकाले मनाइने गरिन्छ । यसर्थ, यसमा पकाइने परिकार ठाउँपिच्छे फरक–फरक छन् । विशेषगरी, संक्रान्तिको बिहान खिर, बारा र भात खाइने गरिन्छ । यसबाहेक, मासु, चामलको रोटी र तेलमा राखेर पकाइएका स्थानीय खानेकुरा मुख्य खाद्यवस्तु हुन् । 
 विशेषगरी, संक्रान्तिको साँझ विवाहित छोरीचेली माइत आउने भएकाले अझै विशेष रूपले मनाइन्छ । बेलुका सेलरोटी, मालपुवा, निसौसे, रोट र चामलको पिठोका अन्य परिकार पकाइने प्रचलन छ ।