राहुल गान्धीलाई प्रेम गर्ने महिकाको घोषणा

२०७६ बैशाख २ सोमबार १०:४८:०० | काठमाडाैं

प्रायः विवादित बयान र बोल्ड फोटोसुटका कारण चर्चामा रहिरहने अभिनेत्री महिका शर्मा एकपटक फेरि चर्चामा आएकी छिन् । यसपटक उनको निसानामा भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धी परेका छन् । महिकाले राहुललाई लिएर इन्स्टाग्राममा एक पोस्ट लेखेकी छिन् । 

महिकाले राहुल गान्धीको फोटो राखेर उनलाई प्रेम गर्ने बताएकी छिन् । ‘सबै अनुहारमा मुस्कान ल्याउने एक राजाको जिम्मेवारी हो,’ उनले लेखेकी छिन्, ‘म राहुल गान्धीको प्रेममा छु, किनभने उनी आफ्ना कुराले मान्छेलाई खुसी बनाउँछन्, यो एक राजाका लागि आवश्यक कुरा हो ।’ 

तर, महिकाले राहुललाई मजाकको पात्र बनाएको हो या साँच्चिकै भन्नेमा उनका फ्यान स्पष्ट हुन सकेका छैनन् । योभन्दा अघि महिकाले पाकिस्तानको कब्जामा परेका भारतीय सैनिकका पाइलट अभिनन्दनलाई त्यहाँबाट ल्याउनुपहिला उनको समर्थनमा भन्दै बिकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् । उनको खुब ट्रोल पनि बनेको थियो । 

प्रतिकृया दिनुहोस