Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २१ बिहीबार १५:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रायमाझी भागेर जाने मान्छे होइनन्, बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यमय : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २१ बिहीबार १५:१९:००

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्ण भएको बताएका छन्। 

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले पटकपटक मन्त्री, उपप्रधानमन्त्री बनिसकेको पार्टीको जिम्मेवार नेता भागेर कतै नजाने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको उल्लेख गरे। 

उनले यसबारे पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताए। कुनै पनि वेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिए। 

उनले भने, ‘समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दै छौँ । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नुहुँदैन, दोषी उम्किनुहुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेकजस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक बाटोमा समाउन खोज्नु रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन। यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गरे। 

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।