Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दीपक श्रेष्ठ क्यामेरा विशेषज्ञ तथा सञ्चालक पेपर नोट्स डिएसएलआर सोलुसन
२०७६ बैशाख २ सोमबार १०:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी छनोट गरौँ क्यामेरा

Read Time : > 1 मिनेट
दीपक श्रेष्ठ क्यामेरा विशेषज्ञ तथा सञ्चालक पेपर नोट्स डिएसएलआर सोलुसन
२०७६ बैशाख २ सोमबार १०:४४:००

प्रयोजन
सर्वप्रथम त, के प्रयोजनका लागि क्यामेरा चाहिएको हो त्यो स्पष्ट गर्नुहोस् । आवश्यकताका आधारमा ठूलो÷सानो जुनसुकै क्यामेरा किन्न सकिन्छ । जस्तै, विवाहको फोटो र भिडियो खिच्न, वाइल्डलाइफ, घुमफिर तथा सामान्य प्रयोजनका लागि फरक–फरक गुणस्तरका क्यामेरा आवश्यक हुन्छन् । छनोट गर्ने जिम्मा तपाईंको हो ।  
 बजेट
प्रायः क्यामेरा महँगा हुने गर्छन् । तसर्थ, क्यामेरामा कति बजेट खर्च गर्न सकिन्छ भन्ने पहिले नै यकिन गर्न आवश्यक छ । जस्तै, छोटो समयका लागि चाहिएको हो भने सेकेन्डह्यान्ड वा कम मूल्य पर्ने क्यामेरा किन्न उपयुक्त हुन्छ । 
लेन्स
लामो, छोटोलगायत सबै दूरीसम्म सजिलै फोटो खिच्न मिल्ने लेन्स भएको क्यामेरा छान्नुपर्छ । फोटोग्राफी नै पेसा भएकाका लागि डिजिटल सिंगल लेन्स रिफ्लेक्स (डिएसएलआर) क्यामेरा उपयुक्त हुन्छ । यसमा आफूलाई चाहिएको गुणस्तरको लेन्स परिवर्तन गर्न मिल्छ । लेन्स क्यामेराको महत्वपूर्ण भाग हो । त्यसैले, क्यामेरा किन्दा लेन्स हेरेर मात्र किन्नुपर्छ । 
सेन्सर
क्यामेराको मुख्य भागमध्ये सेन्सर पनि पर्छ । जसले प्रकाशलाई एकत्रित गरेर डिजिटल तस्बिर निकाल्छ ।  सेन्सर धेरै किसिमका हुन्छन् । एउटै मूल्य पर्ने विभिन्न ब्रान्डका क्यामेरामा पनि फरक–फरक गुणस्तरका सेन्सर जडान गरिएको हुन्छ । फोटो वा भिडियो कस्तो आउने भन्नेमा सेन्सरको भूमिका रहन्छ । तसर्थ, क्यामेरा छनोट गर्दा सेन्सरलाई ध्यान दिन आवश्यक हुन्छ । 
स्पिड
फोटोको गुणस्तर क्यामेराको स्पिडमा निर्भर रहने गर्छ । यसको माध्यमले प्रकाशलाई कम वा बढी बनाएर खिच्न मिल्छ । बढी मेगापिक्सलको क्यामेरा भएमा फोटोको क्वालिटी राम्रो हुन्छ भन्ने आमधारण छ, जुन गलत हो । खासमा फोटोको गुणस्तर क्यामेराको सटर स्पिड वा अपार्चरमा भर पर्छ । मेगापिक्सलले फोटो कति ठूलो सिटमा प्रिन्ट गर्न सकिन्छ भन्ने मात्रै निर्भर गर्छ ।
भिडियो क्वालिटी
सकभर भिडियो क्वालिटी राम्रो भएको क्यामेरा छान्नुपर्छ । विशेषगरी, डिएसएलआर क्यामेरामा भिडियो क्वालिटी एकदमै राम्रो हुन्छ । पछिल्लो समय बजारमा उपलब्ध निकोन, सोनी र क्यानन ब्रान्डका क्यामेरामा भिडियो क्वालिटी राम्रो भएको पाइन्छ ।