Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका 
२०७६ बैशाख २ सोमबार ०९:४०:००
Read Time : < 1 मिनेट
अर्थ

‘भ्रष्टाचार नियन्त्रण अभियान उद्योगकै रूपमा विकास भयो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७६ बैशाख २ सोमबार ०९:४०:००

नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले नेपालमा भ्रष्टाचार नियन्त्रण अभियान उद्योगकै रूपमा विकास भए पनि भ्रष्टाचार कमी भने हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल वैकल्पिक अध्ययन समाज र नयाँ पत्रिकाले आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार : कारण र समाधान’ शीर्षकको बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘नेपालमा भ्रष्टाचार नियन्त्रणको पहल पञ्चायतकालदेखि नै भ्रष्टाचार नियन्त्रणको पहल भएको हो, त्यहीवेला अख्तियार दुरुपयोग निवारण आयोग थियो, जुन वेला अन्य धेरै देशमा यस्ता आयोग थिएनन् । अहिले धेरै मुलुकमा यस्ता आयोग बनेका छन्,’ डा. पाण्डेले भने, ‘पछिल्लो समय त भ्रष्टाचार नियन्त्रण उद्योगकै रूपमा विकास भएको छ ।’  

अहिलेसम्म पनि विशेषज्ञ–प्राविधिकहरू र नीति–निर्माताहरूले भ्रष्टाचारलाई गम्भीर रूपमा लिने नगरेको उनले बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि पार्टी व्यवस्था, राज्य सञ्चालन विधिदेखि नागरिकको व्यवहारमा समेत परिवर्तन गर्नुपर्छ,’ उनले भने । मानव सभ्यतामा भ्रष्टाचार नभएको कुनै कालखण्ड नै नभएको उनले बताए । ‘कुनै राजनीतिक प्रणाली छैन, जहाँ भ्रष्टाचार नभएको होस्, कुनै धार्मिक संस्था छैनन्, जहाँ भ्रष्टाचार नहोस् । यो त सर्वव्यापी बनेको छ ।’ मैले गरेको, मेरो नेताले गरेको, पार्टीले गरेको सब ठीक ? अरूले गरेको मात्र बेठिक भन्ने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण नहुने उनले बताए । 


समाजशास्त्री युवराज लुइँटेलले खस्किँदो नैतिकताका कारण भ्रष्टाचार बढ्दै गएको बताए । नेपालमा ‘मेरिटोक्रेसी’ स्थापित हुन सकेन, जसले जे गरे पनि हुने भयो,’ उनले भने, ‘राजनीतिक, सामाजिक, आर्थिकलगायत धेरै क्षेत्रमा लामो संक्रमण रहँदा अनिश्चय र अराजकताले प्रश्रय पायो ।’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँले कानुन कार्यान्वयन नहुँदा भ्रष्टाचार बढ्दै गएको बताए ।