१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:२६:००
Read Time : < 1 मिनेट
साहित्य

मैदारो लिएर आए भूपिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:२६:००

कवि तथा निबन्धकारको पहिचान बनाएका भूपिन अब उपन्यासकारका रूपमा आएका छन् । उनको पहिलो उपन्यास ‘मैदारो’ सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठान डबलीमा भएको कार्यक्रममा साहित्यकार तथा राजनीतिकर्मी आहुती, आख्यानकार नयनराज पाण्डे र अधिकारकर्मी मोहना अन्सारीले पुस्तक विमोचन गरे ।

पुस्तकमाथि बोल्दै आहुतीले उपन्यासमा केही तथ्यगत कमजोरी भएको र आगामी संस्करणमा सुधार गर्न सकिने बताए । उनले भने, ‘भाषाशैली एकदम सानदार छ, झिनो कथामा यति ठूलो कृति सिर्जना गर्नु लेखकको खुबी हो ।’ आख्यानकार नयनराज पाण्डेले उपन्यासले यथार्थ र स्वैरकल्पनालाई प्रस्तुत गरेको बताए । उनले भने, ‘बिम्बात्मक भाषाशैली, कथा प्रस्तुतिमा नवीनता र भिन्न विषयवस्तुलाई उपन्यासले उठाउने काम गरेको छ ।’ अधिकारकर्मी मोहना अन्सारीले उपन्यासले हाम्रो समाजको यथार्थलाई प्रस्तुत गरेको बताइन् ।

लेखक भूपिनले किताब पढेर सुझाब, सल्लाह र प्रतिक्रिया दिनका लागि अनुरोध गरे । यसअघि उनका कविता तथा निबन्धसंग्रह बजारमा आइसकेको छ । उपन्यास बुक हिल पब्लिकेसनले बजारमा ल्याएको हो ।