मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल
२०७६ बैशाख २ सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
समाचार

स्थानीयले नियन्त्रणमा लिएको मृग जंगलमा छोडियो

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७६ बैशाख २ सोमबार ०८:०५:००


स्थानीयले नियन्त्रणमा लिएर जिम्मा लगाएको मृग डिभिजन वन कार्यालय सिन्धुलीले जंगलमा लगेर छोडेको छ । कमलामाई नगरपालिका–५ फोस्रेटारका स्थानीय इन्द्रबहादुर घलानको घरभित्र आएको मृगलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई जिम्मा लगाएका थिए । सशस्त्र प्रहरीले पत्रकारसहितको रोहवरमा डिभिजन वन कार्यालय सिन्धुलीलाई जिम्मा लगाएको मृग वनमा छाडिएको हो । कमलामाई नगरपालिका–५ मा रहेको कालिका सामुदायिक वन क्षेत्रमा लगेर मृग छााडिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरेन्द्र मिश्रले बताए । नियन्त्रणमा लिएको भाले मृगको उचाइ करिब तीन फिट र लम्बाइ करिब चार फिट छ । पछिल्लो समय सदरमुकाम क्षेत्रका वनमा मृग, बँदेललगायतका जंगली जनावरको संख्या बढ्दै गएको मिश्रले बताए ।