१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अनु आचार्य
२०७६ बैशाख २ सोमबार ०७:५८:००
Read Time : < 1 मिनेट
समाचार

रसुवामा वन्यजन्तु सप्ताह तथा भ्रमण वर्ष सुरु

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७६ बैशाख २ सोमबार ०७:५८:००

रसुवामा २४औँ वन्यजन्तु सप्ताह तथा गाउँपालिका भ्रमण वर्ष सुरु भएको छ । हरेक वर्ष वैशाख पहिलो साता रसुवामा वन्यजन्तु सप्ताह र भ्रमण वर्ष मनाउने गरिन्छ । वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने मूल नारासाथ लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् । १ वैशाखबाट सुरु भएको कार्यक्रम ७ वैशाखसम्म सञ्चालन हुनेछ । 

सप्ताहको अवसरमा विभिन्न संरक्षण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने  लाङटाङ राष्ट्रिय निकुञ्जकीप्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । सन् २०१९ लाई पर्यटन वर्षका रूपमा मनाउने कार्यक्रमलाई सहयोग पु-याउने उद्देश्यले कार्यक्रम तय गरिएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

अबको एक सातासम्म निकुञ्जमा पाइने चराको अवलोकन, रेडपान्डा ट्रफी भलिबल तथा ब्याडमिन्टन र वक्तृत्वकला प्रतियोगिता, पर्यटकीय स्थलको भ्रमण, पर्यटन विकास तथा प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया, स्थानीय कला एवं संस्कृतिसम्बन्धी विभिन्न प्रतियोगिता, आगलागी नियन्त्रण तथा पहिरोबाट बच्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।