मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १८ सोमबार १३:३०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिवि खेलमैदानमा वर्षा जारी, दर्शक पानी रोकिने प्रतीक्षामा

Read Time : < 1 मिनेट
२०८० बैशाख १८ सोमबार १३:३०:००

एसिसी प्रिमियर कप प्रतियोगिताको उपाधिनजिक पुगेको नेपाललाई वर्षा बाधक बनिरहेको छ । 

युएईविरुद्ध भइरहेको प्रतियोगिताको उपाधि भिडन्त वर्षाका कारण रोकिएको छ । खेल रोकिँदा ब्याटिङमा रहेको युएईले २७.३ ओभरमा एक सय ६ रन बनाउँदा नाै विकेट गुमाइसकेको छ । 

आफ्नो उत्कृष्ट खेलको लय कायमै राख्दै नेपालले आज पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा त्यसलाई निरन्तरता दिई उपाधि भिडन्तमा आफूलाई नजिक पुर्‍याएको छ । 

तर, दोस्रोपटक वर्षाको कारण रोकिएको खेल अझै सुरु भएको छैन । कीर्तिपुर क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । 

पिच र मैदानको अधिकांश भाग कभर गरिएको छ । अम्पाएर र खेलाडी पेभेलियनमा छन् भने झरीको पर्वाह नगरी दर्शक धीरता राख्दै पानी रोकिने र खेल पुनः सुरु हुने प्रतीक्षामा छन् । 

नेपाली क्रिकेटमा नेपाली दर्शकलाई १२औँ खेलाडी भन्ने गरिएको छ । आज पनि त्यो उपमालाई सिद्ध गर्दै २५ हजारभन्दा बढी दर्शक झरीका बाबजुद मैदानबाहिर खेल सुरु हुने प्रतीक्षामा बसिरहेका छन् ।